ABC (क्राईमबिट)
दाङ । दाङ देउखुरी जिल्ला अदालतबाट २०७७ मसिंर २३ गते लेनदेन मुद्धामा १ बर्ष कैद सजाय फैसला भई फरार रहेकी एक महिलालाई प्रहरीले प्रक्राउ गरेको छ ।
जिल्लाको घोराही उप–महानगरपालीका वडा नम्बर १० झारबैरा बस्ने बर्ष ३६ की शारदा शाहलाई खोजतलास गर्दै जाँदा आज बिहान आफ्नै घरमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको हो ।
उनलाई आज देउखुरी जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजगं बुढथापाले जानकारी दिनुभएको छ ।