१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

इटहरीका मेयर चौधरी किन पटकपटक विवादमा आउछन उग्र बन्दै महिला हरुको प्रदर्शन बिरोध

Logo
प्रकाशित शुक्रबार, आश्विन ०८, २०७८

इटहरी । उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीविरुद्ध महिलाहरूले आज पनि आन्दोलन चर्काएका छन् । उनीहरूले मेयर चौधरीले सार्वजनिक स्थानमा माफी नमागेसम्म आन्दोलन नरोकिने बताएका हुन् ।

उनीहरूले कार्यालय समयसम्म नगरको गेटमा बसेर मेयर चौधरीविरुद्ध चर्को विरोध गरे । शान्ति सुरक्षा कायम गर्न, महिला हिंसा बन्द गर्न माग गर्दै नाराबाजी गरेका हुन्।

विरोधसभामा बोल्दै महिला अधिकारकर्मी योशा गुरागाईंले भोलि (शुक्रबार) ११ बजेदेखि इटहरीका मुख्य चोकमा मेयर चौधरीको फोटोसहितको ब्यानर टाँगिने बताइन्।

गुरागाईंले भनिन्, ‘उहाँलाई पपुलर हुनु छ, चर्चामा आउनु छ, अब हामी इटहरी चोक, संगीत चोक, बीपी चोकलगायत स्थानमा फोटोसहित ब्यानर राख्छौँ ।;

‘आमाको कोखबाट जन्मिएर आमालाई अपमान हुने शब्द बोल्दा पनि सहेर बस्ने?’ भन्दै आन्दोलनलाई थप सशक्त बनाउने उनले बताइन्।

गत बुधबार दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र शर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा मेयर चौधरीले महिलाहरूकै अपमान हुने गरी जथाभावी अपशब्द बोलेर दुर्व्यवहार गरेको बताइएको छ। सो क्रममा मेयर चौधरीले नगर प्रहरीसमेत लगाएर दुर्व्यवहार गरी धम्क्याएको भन्दै दर्जनभन्दा बढी महिला अधिकारवादी संस्थाहरूले विरोध जनाएका थिए।

स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरूलाई दुर्व्यवहार भएको भन्दै विभिन्न संघसंस्थाहरुले विरोध जनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!