
ABC (क्राईमबिट)
काठमाडौँ । ठमेलको होटेलमा एकजना जर्मन नागरिक मृत भेटिएका छन् । बिहानी होटेलको कोठामा बिहीबार राति जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएको प्रहरीले जनाएको छ । ३ महिनादेखि उक्त होटलमा बस्दै आएका उनी मृत भेटिएका हुन् । उनी पर्यटक भिसामा करिब ३ महिनाअघि नेपाल आएका थिए । 
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने जनाउँदै प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरेको छ । सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।