१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

पर्सा प्रहरीले पक्राउ गरेको खसी बोका भन्सार कार्यालयले नबुझेपछि धनीलाई बुझाउन बाध्य

Logo
प्रकाशित शनिबार, आश्विन ०९, २०७८


ABC (क्राईमबिट)
पर्सा । बिरगंज भन्सार र राजस्व अनुसन्धान कार्यालय पथलैयाले बुझ्न अस्विकार गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको ९ लाख ६० हजार मूल्य बराबरको खसी धनीलाई नै बुझाएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चौकबाट चेकजाँचको क्रममा ना.१४ च १९१४ नम्बरको बोलेरो पिकअपबाट ५९ वटा खसी नियन्त्रणमा लिएको थियो । भेटेनरी प्रमाण पत्र बारा जिल्लाको नाममा चौपाय लिएपनि बिलबिजक व्यक्तिको नाममा पाइएपछि प्रहरीले चालक सिन्धुलीको फिक्कल वडा नम्बर १ निवासी २२ वर्षीय पुर्ण बहादुर सुनुवार र बोलेरोसहित खसी नियन्त्रणमा लिएको थियो ।

नियन्त्रीत खसीलाई वीरगञ्ज भन्सार कार्यालयको मुद्धा शाखामा बुझाउन जाँदा कार्यालयका कर्मचारी झलक बहादुर श्रेष्ठले खसीको अनलाईन बिल भएकाले बुझ्न अस्विकार गरेका थिए । पुनः राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउन जाँदा पशु चौपाय बुझ्न नपाउने भनी फिर्ता पठाएपछि पर्सा प्रहरी खसी धनीलाई नै बुझाउन बाध्य भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।

यता भन्सारकै कर्मचारीले बुझ्न अस्विकार गरेपछि कर्मचारीकै मिलेमतोमा तस्करी भएको भन्ने आशंका पलाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!