२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

सशस्त्र प्रहरी बल बियोपी जमुनाहले खसीसहित अवैध सामाग्री पक्राउ

Logo
प्रकाशित शनिबार, आश्विन ०९, २०७८


ABC (क्राईमबिट)
बाँके । सशस्त्र प्रहरी बियोपी जमुनहाको सशस्त्र प्रहरी टोलीले भारतबाट भित्रिँदै गरेको खसीसहित अवैध सामग्री पक्राउ गरेको छ ।

नेपालगन्ज जमुनहा बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कुमार कार्कीको कमान्डमा खटेको सशस्त्र टोलीले भन्सार छली गरेर ल्याउँदै गरेको अवैध सामाग्री पक्राउ गरेको थियो।

बिशेष सुराकीका आधारमा नायब निरीक्षक कार्कीको कमान्डको टोलीले शुक्रवार साँझ पौने ५ बजे नेपालगन्ज १६ जयसपुर नाका नजिकबाट भारतबाट भन्सार छली गर्दै ल्याइएका ४० हजार रुपैयाँ बराबरका ४ वटा खसी, ९० हजार ६७० रुपैयाँका लत्ताकपडा र मोटरका पार्टसहरु बरामद गरेको हो। खसी र अवैध सामग्री बरामद गरेपनी सशस्त्र प्रहरीलाई देख्नासाथ तस्करहरु भारततर्फ नै फरार भएको जनाइएको छ।

बरामद गरिएका अवैध सामाग्रीहरुलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल बियोपी जमुनाहका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिबनलाल बुढाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]