१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

टिकटक र सेल्फी स्वार्थमा हराएको मानवता बुटवलमा बिरामी बोकेको हेलिकप्टरमा यस्तो देखियो…

Logo
प्रकाशित आइतबार, आश्विन १०, २०७८

(ABC-Sanchar)
बुटवल । हामी एम्बुलेन्स देख्दा बित्तिकै बिरामीको कल्पना गर्दछौं । अर्थात् पक्कै पनि त्यो भित्र कोही बिरामी छन् भन्ने आंकलन गर्छौै । कतिपयले त गुडिरहेको एम्बुलेन्सलाई दर्शन टक्राउँदै स्वास्थ्य लाभको कामना गर्दछन् । तर, शनिबार बुटवलमा भने एम्बुलेन्स, एम्बुलेन्समा भएका बिरामीप्रति फरक दृश्य देखियो अर्थात् यो पं’क्तिकारलाई फरक अनुभूति भयो ।

शनिबार दिउँसो बुटवल–८ मा अवस्थित सिद्धेश्वर खेल मैदानमा नेपाली काँग्रेस बुटवल उपमहानगरको नेतृत्व चयनका लागि चुनावी चहल–पहल थियो । नेतृत्व चयनका लागि प्रतिनिधि जितेर आएका मतदाताहरु गफिँदै ओहोर–दोहोर गर्नुका साथै खुला चौरमा चुनावी परिणामको समेत आँकलन गर्दै पलेटी कसिरहेका थिए ।

बिहान ११ बजेदेखि मतदान हुने भनेर बोलाइएका प्रतिनिधिहरु समयमै मतदान सुरु नहुँदा दिउँसो सभा १ बजेको चर्को घाममा पनि पर्खि रहेका थिए । सोही भिडको एक छेउमा लु १ च ५२४० नम्बरको एम्बुलेन्स खडा हुन आउँछ । उक्त एम्बुलेन्सले धेरैको ध्यान केन्द्रित गर्यो, सञ्चारकर्मीहरु पनि एम्बुलेन्सको फोटो खिच्दै अड्कलबाजी गर्न लागे । उनीहरुको जे अड्कलबाजी थियो विषय केही फरक थियो ।

धेरैको आँकलन काँग्रेसको नेतृत्व चयनका लागि एम्बुलेन्समा प्रतिनिधि ल्याइएको छ भन्ने थियो । वा भैपरी आउने स्वास्थ्य समस्या तथा उपचारका लागि पूर्वतयारीको पनि हुनसक्ने आंकलन थियो । तर, एम्बुलेन्स भित्र गुल्मीका ९४ वर्षिय वृद्ध थिए । उनी उपचारका लागि काठमाण्डौं जान हेलिकप्टरको पर्खाइमा थिए ।

समय बिताउन कठिन भइरहेका बेला मतदान गर्न आएका कांग्रेस प्रतिनिधिहरु र अन्यलाई हेलिकोप्टर आउने भएपछि समय बिताउने गतिलो अवसर जुर्यो । एम्बुलेन्स आएको केहि समयपछि करिब १ बजे र २० मिनेटको समयमा बुटवलको आकाशमा हेलिकप्टर घुम्न थाल्यो, उक्त हेलिकोप्टर बिस्तारै सिद्देश्वर मैदानमा खुट्टा टेकाउन झर्दै गर्दा सबैले मोवाइल निकालेर तस्विर तथा विभिन्न कोणमा टिकटकका लागि भिडियो लिनेको घुइँचो लाग्यो ।

सिद्धेश्वर मैदानमा हेलिकोप्टर उभिएसँगै सेल्फी लिने र टिकटक बनाउनेहरुले घेरियो । बिरामीका आफन्तहरु भने एम्बुलेन्समा रहेका ९४ वर्षिय वृद्धलाई कसरी हेलिकप्टरमा लगेर राख्ने हो मेसो मिलाउँदै थिए । सेल्फी र टिकटक बनाउने भिडले बिरामीलाई हेलिकप्टरसम्म पुर्याउन के–कति असर परेको छ, कसैको ध्यान त्यसतर्फ देखिएको थिएन ।

करिब २० मिनेटको बसाईपछि बिरामीलाई लिएर उक्त हेलिकोप्टरले बुटवलको जमिन छाड्दै गर्दासमेत उक्त भिडले सेल्फि र टिकटकको काम सकेको थिएन । बुटवलको आकाशबाट टाढिदै गएको हेलिकोप्टरलाई अन्तिमसम्म ध्यान लगाएर हेरेको भिडमा कतीले ती वृद्ध बिरामीका बारेमा सोँचेका थिए होला !

यो अनुत्तरित प्रश्ननै रहयो । यसरी प्रविधिको विकासले केही मिनेटमै बुटवलका बिरामी काठमाण्डौं पुगेर उपचार गराउन पाउनु सकारात्मक भए पनि केही प्रविधिले मानवतालाई पनि भुल्ने गराएको हो की ?
ग्लोबल आवाजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!