ABC (क्राईमबिट)
बर्दिया । गएराति चितुवा
खोरभित्र पसेर २२ वटा खसीबाख्रा मारेको छ। गुलरिया नगरपालिका वडा नं। ५ को सन्तोषी टोलका चन्द्रकान्त पौडेलको कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र गएराति चितुवा पसेर खसी बाख्रा मारेको हो । 
फार्म सञ्चालक पौडेलले खोरभित्र पसेर चितुवाले ७ वटा खसी, एउटा राजस्थानी बोका, ७ वटा माउ बाख्रा र अन्य पाठापाठी गरी २१ वटा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।