२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पत्रकार महासंघ दाङले ७ दिने पत्रकारिता तालिम घोराहीमा संचालन गर्ने

Logo
प्रकाशित मंगलबार, आश्विन १२, २०७८


(ABC-Sanchar)
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको नियमित बैठक सोमबार घोराहीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले युरोपीयन युनियन र ईन्टरनेशलन अलर्टको सहयोगमा संचालनन गरेको परियोजना अन्र्तगत असोजको १२ गते देखि एक हप्ते पत्रकारिता तालिम घोराहीमा संचालन गर्ने भएको छ । जसमा दाङका ४० जना पत्रकारहरुको सहभागिता रहने सचिव आरके शितलले जानकारी दिए ।

त्यसैगरी हिन्दुहरुको महान पर्व विजयादशमीको अवसरमा शुभकामना आदान प्रदानका साथै बंगलाचुलीको पर्यटन प्रवधनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम गर्ने, नेपाल पत्रकार महासंघ दाङको ११ आँै महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पत्रकारहरु संग सुझाव संकलन गर्ने र पत्रकारमहासंघ दाङ शाखाका साधारण सदस्य हिरामणी दुःखीको आमा ८१ बर्षीया लक्षीमा पौडेलको निधन प्रति दुःख व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]