
(ABC-Sanchar)
काठमाडौं । दशैं मनाउन घर फर्किन चाहनेहरुका लागि आजबाट लामो तथा मझौला दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ ।
यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि आजदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । 
टिकट बुकिङको क्रममा यात्रुहरुलाई ठग्ने, तोकिएकोभन्दा बढी भाडा असुल्ने समूह पनि सक्रिय हुन्छ । त्यसैले आफू जाने गन्तव्यको लागि सरकारले तोकिदिएको भाडा कति हो भनेर जानिराख्नु राम्रो हुन्छ ।