१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

एकै दिन बुद्ध एयरका २ विमानको गम्भीर समस्या देखियो दुवै जहाज थोत्रा र सेकेन्ड ह्यान्ड

Logo
प्रकाशित मंगलबार, आश्विन १२, २०७८


(ABC-Sanchar)
काठमाडौं । हवाई यात्रुहरुले बुद्ध एयरका विमानमा यात्रा गर्दा बेलाबेला समस्या भोग्ने गरेका छन।
कहिले उडान सुरु हुनै लाग्दा प्राविधिक समस्या आएर अर्को विमान चढ्नुपर्छ भने कहिले उडिसकेपछि विमानमा गम्भीर किसिमको प्राविधिक समस्या देखिने गरेको छ।

सोमबार यात्रुहरुले यस्तै नियती भोग्नुपर्यो। विराटनगरका लागि छुटेको बुद्ध एयरको एउटा विमानमा गम्भीर समस्या देखिएपछि काठमाडौंनै फर्काइयो।

विराटनगरमा अवतरण गर्नेबेला ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या देखिएपछि र त्यहाँको विमानस्थल टावरले पनि पाङ्ग्रा नखुलेको जानकारी दिएपछि क्याप्टेनले पुन काठमाडौँ फर्काए।

काठमाडौं फर्केपछि सो विमानले २ घण्टासम्म आकाशमा फन्को मार्यो। चालक दलका सदस्यसहित ७७ जना सवार सो विमानमा रहेको सम्पूर्ण इन्धन सिध्याउन र फोर्स ल्यान्डिङ गर्न २ घण्टा बढी फन्को मारिएको थियो।

जहाजमा देखिएको यस्तो गम्भीर समस्याले विमानका यात्रु निकै डराइसकेका थिए। धेरैले मृत्युलाई नजिक देखिरहेका थिए। यात्रुबीच जहाजभित्रै रुवाबासी चलिरहेको थियो। भगवान पुर्कादै थिए।

विमानस्थलमा फायर भेहिकल तथा एम्बुलेन्सहरू समेत हाइ अलर्ट अवस्थामा राखिसकिएको थियो। आकाशमै फन्को मारिरहँदा पाङ्ग्रा खुलेपछि विमान ‘नर्मल’नै अवतरण हुन पायो र जहाज ठूलो दुर्घटना हुनबाट टर्यो।

सामाजिक सञ्जालमा क्याप्टेन आङ्गेलो शेर्पाको विवेकपूर्ण निर्णय र साहसको प्रशंसा भइरहेको छ।

बुद्ध एयरले हाल देशभर दैनिक काठमाडौँबाट ४० भन्दा बढी उडानहरु भर्दै आएको छ।

आजै काठमाडौंबाट पोखराका लागि उडेको अर्को जहाजमा पनि समस्या देखिएपछि आपतकालिन अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ।

नागरिक उड्यन प्राधिकरणले बुद्धका विमानमा देखिएको समस्याबारे अध्ययन थाल्ने बताएको छ।

दुवै विमान पुराना र थोत्रा

बुद्ध एयरका अुनसार आज काठमाडौँबाट विराटनगरका लागि उडेको 9N-ANI र काठमाडौँबाट पोखराका लागि उडेको 9N-AJO जहाजमा समस्या देखिएको हो।

ती दुबै विमान पुराना र सेकेन्ड ह्यान्ड रहेको पाइएको छ। विराटनगर जाँदा समस्या देखिएको सो विमान १४ बर्ष पुरानो हो भने बुद्धले किन्नु अघि उक्त विमान भारतको किङफिसर र जेटकोनेक्टले उडाउने गरेको थियो।

यस्तै, पोखरा जाँदा समस्या देखिएको अर्को जहाज २४ वर्ष पुरानो रहेको बताइएको छ। भारतको एयर डेकनले उडाइरहेको सो विमान बुद्धले सन् २०१० मा किनेको थियो। दैनिक अनलाईनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!