१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जाहेरी नदिई मुद्धा मिलाइदिन्छु भनि रकम असुल्ने कानुन व्यवसायी देवकोटा पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन १२, २०७८


ABC (क्राईमबिट)
चितवन । मुद्दा मिलाई दिन्छु भनि रकम माग गरेको आरोपमा चितवनमा एक जना कानुन व्यवसायी पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नं ५ पदमपुर बस्ने बर्ष ५० को कानुन व्यवसायी रामचन्द्र देवकोटा पक्राउ परेका हुन् ।

उनले आफैले नागरिकताको विषयमा जाहेरी दरखास्त लेखि दिई जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंग पटक पटक फोन सम्पर्क गरी तपाईको नाममा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दरखास्त परेको छ, उक्त जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाई दिन्छु भनि रकम माग गरेका थिए ।

उक्त सुचनाको आधारमा काननु व्यवसायी रामचन्द्र देवकोटालाई सोमबार नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानको क्रममा उनले प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंग पटक- पटक फोन सम्पर्क गरि रकम माग गरेको देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । देबकोटा बिरुद्ध ठगी उद्योगमा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
सौराहा अनलाइनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!