ABC (क्राईमबिट)
काठमाडौं । सिंगापुर र मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौं विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको विभिन्न स्थानहरुबाट शंकास्पद १५ जना यात्रुहरुले सुनको बाला र सिक्री लिई आएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानको क्रममा निजहरुलाई उक्त सुनका बाला तथा सिक्री आफूहरुको नभई मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्त सामान काठमाडौं विमानस्थल आसपास तथा विभिन्न होटलहरुमा रिसिभ गर्न आउँने व्यक्तिलाई दिनु भनेर ल्याएको खुल्न आएपछि प्रहरीले उनीहरुको साथबाट उक्त परिमाणको सुन बरामद गरेको हो ।
बरामद गरिएको सुनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।