१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बिरगंजमा यातायात व्यवसायीहरुको विरोध प्रदर्शन ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन १२, २०७८

(रवि वर्णवाल)
पर्सा । वीरगन्जको बसपार्कमा प्रदर्शन गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यात्रुवाहक सवारीलाई वीरगन्जको बसपार्कदेखि प्रतिमा चोकसम्मको दूरीमा १० मिनेटमा पुग्नुपर्ने समय निर्धारण गरेको छ ।

उक्त समय अपुग भएको भन्दै यातायात व्यवसायीहरुले आज बिहानै सडकमा बसहरु खडा गरेर विरोध जनाएका छन् । टाईम कार्डको समय अपुग भएको भन्दै असन्तुष्टि व्यक्त गरेर उनीहरुले सडकमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा प्रहरीले चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । यातायात व्यवासायीकै सहमतिमा टाईमकार्ड लागू गरिएको भएपनि अहिले आएर केही यातायात व्यवसायीहरुले समय अपुग भएको भन्दै विरोध गर्दै प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

वीरगन्ज महानगरपालिकाले सवारी चापको व्यावस्थापन गर्नका लागि यातायात व्यावसायी, बस टर्मिनल संचालनको ठेक्का पाएको ठेकेदार र महानगरपालिका लगायत सरोकारवालाहरु बोलाएको बैठकमा बसपार्कदेखि भानुचोक प्रतिमा चोकसम्मको दूरीमा १० मिनेटमा पुग्नुपर्ने समय निर्धाण गर्ने निर्णय यातायात व्यवसायीहरुकै सहमतिमा गरेको थियो । तर, उक्त निर्णयमा आफूहरुको असहमति रहेको भन्दै यातायात व्यवासायीहरुले विरोध जनाएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!