(महेन्द्र सिंह)
बाँके । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलिले ठूलो परिमाणमा अवैध सामानसहित मोटरसाइकल बरामद गरेको हो ।
भारतबाट मोटरसाइकलमा भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान, सुपर पावर सुर्ती बरामद गरिएको सशस्त्र प्रहरी बल बाँकेले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याउँदै गरेको सामान मोबाइल गस्ती टोलिलाई देखेर तस्कर फरार भएका थिए । नेपालगन्ज १४ बाबुगाउँ नजिकैबाट बरामद गरिएको १ लाख ६० हजार मूल्य बराबरको सामान सहित मोटरसाइकल थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।