१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

गणतन्त्र र राष्ट्रियता संघीयताका कारण धरापमा परेको हो अध्यक्ष :आचार्य

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८

(सागर थापा)
दाङ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष तथा बैकल्पिक केन्द्रिय सदस्य गणेश आचार्य ले संघीयताह्ह्ह्ब कै कारण गणतन्त्र र राष्ट्रियता धरापमा परेको कुरा बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा को गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ, संघीयता खारेज गरौ भन्ने मुल नारा सहित संचालित कार्यक्रम अन्तर्गत लमही नगर समितिको आयोजनामा लमही बजारमा भएको कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । नेपालमा संघीयता नेपाली जनताको माग बाट आएको होइन । नेपालमा गणतन्त्र स्थापना भएपछि त्यसलाइ समाप्त पार्न र अस्थिरता कायम गरि नेपालको राष्ट्रियता , स्वाधिनता र अखण्डता समेत समाप्त पार्न नेपाल मा संघीयता भित्रीएको हो । त्यसैले यसको खारेजिको जरुरी छ । अर्को प्रसङ्गमा अहिले गणतन्त्रको रक्षाको जिम्मेवारी पाएकाहरु नै त्यसको बदनाम गर्न तल्लीन भएका छ्न । उनिहरुकै कार्यसैलिका कारण जनतामा गणतन्त्र प्रती बितृस्णा पैदा भएको छ । त्यसैले त्यो कार्यसैलिको बिरोध र भन्डाफोर गर्दै गणतन्त्र को रक्षा गर्नु पर्ने कुरा बताउनु भयो । एमसिसी सम्झौता नेपालीको लागि होइन नेपालको अस्मिता समाप्त पार्न आएको बताउदै त्यसको खारेजिमा जोड दिनु भयो । राजमो लमही नगर समिती अध्यक्ष हरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिबालय सदस्य पदम गोराथोकी , अखिल नेपाल महिला संघ लमही नगर अध्यक्ष बसन्ता खनालले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम को सहजीकरण नगर सचिब लेखराज आचार्य ले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!