१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

गृहमन्त्री बालकृष्ण खाँडको गृहनगरमा २५ दिनदेखि न्याय माग्दै आन्दोलनमा पीडितहरु

Logo
प्रकाशित बिहिबार, आश्विन १४, २०७८

बुटवल । गृहमन्त्री बालकृष्ण खाणको गृहनगर रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको मृत्यु प्रकरणलाई लिएर २५ दिनदेखि जारी आन्दोलन अझै रोकिएको छैन।

तिलोत्तमा-५ की २७ वर्षीया सीता भण्डारीको मृत्युको विषयलाई लिएर माइती पक्षसहित स्थानीय आन्दोलनमा उत्रेका हुन्।

सीताका माइती पक्षले हत्याको आरोप लगाउँदै आन्दोलन अझै जारी राखेका हुन्।

तिलोत्तमा कफी कम्पनी नजिकै गत १९ भदौमा २७ वर्षीया सीताको शंकास्पद मृत्यु भएको थियो। दिनहुँजसो आन्दोलन भए पनि सरकारी पक्षबाट सुनुवाइ नभएको उनीहरूको आरोप छ।

सीताको मृत्यु हत्या नभई आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले भने पनि माइती पक्ष भने यो मान्न तयार छैन । परिवारकै मिलेमतोमा सीताको हत्या गरी आत्महत्याको बाहना बनाइरहेको उनीहरूको दाबी छ।

मृतक सीताका बुबा हरिप्रसाद भण्डारीले पौडेल परिवारले राजनीतिक र आर्थिक चलखेल गरेर मुद्दा कमजोर बनाउन खोजेको आशंका गरेका छन् । गृहमन्त्रीको नगरमा महिना बित्न लाग्दा पनि न्याय नपाएको उल्लेख गर्दै उनले अब न्यायको आशा हराउन थालेको बताए ।

पोस्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइती पक्षको विरोध र चर्को दबाबपछि मृतक सीताका श्रीमान् र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा चलाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनाका बारेमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताए ।

केन्दरीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीसमेत अनुसन्धानका लागि रूपन्देहीमा बसेर फर्केको छ। तर, अनुसन्धानमा के भेटियो भन्ने जानकारी दिइएको छैन । प्रहरी प्रमुख केसीले पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए।

यता, आन्दोलनकारीले तिलोत्तमा नगरपालिकाका १७ मध्ये १३ वटा वडामा तालाबन्दी गरेका छन्। उनीहरूले बिहीबार पनि नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै न्यायका लागि पहल गर्न माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!