१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जिल्ला प्रहरी कार्यालय कैलालीले ३ जना सशस्त्र प्रहरीहरुलाई सम्मानित

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

(सागर थापा)
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका ३ जना गोताखोर प्रहरीहरुलाई सम्मान स्वरुप प्रशंसा-पत्र प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा शनिबार आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक बिरेन्द्र कार्की, सशस्त्र प्रहरी जवान हरिश भट्ट र सशस्त्र प्रहरी जवान तिलक लामालाई जिल्ला प्रहरी प्रमुख विश्व अधिकारीले सम्मान स्वरुप प्रशंसा-पत्र प्रदान गर्नु भएको छ ।
मिति २०७८/०५/१८ गते दिउँसो कैलाली जिल्ला गोदावरी नगरपालिका-१ बस्ने बर्ष १० र १४ का दुई जना बालकहरु बेपत्ता भई खोजतलास गर्दै जाँदा राती मनहरा नदीको किनारमा निजहरुको कपडा फेला परे पश्चात् जिल्ला प्रहरी कार्यालय, कैलालीको अनुरोध र समन्वयमा परिचालित भई राती २३:३० बजेको समयमा समेत नदीमा पसी अथक प्रयासका साथ खोजतलास गरी निजहरुको शव उद्दारमा प्रदर्शन गरेको साहस, कार्य दक्षता, लगनशिलता, कर्तव्य परायणता र सहयोगको उच्च सम्मान गर्दै निजहरुको उल्लेखनीय, प्रशंसनीय एवं उत्कृष्ट कार्यको कदर स्वरुप प्रशंसा-पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा प्रहरी उपरीक्षक विश्व अधिकारीले जिल्लामा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्नमा सशस्त्र प्रहरी बलसंगको समन्वय र सहकार्य उल्लेखनीय एवं प्रभावकारी रहेको बताउदै यसका लागि सशस्त्र प्रहरी बल नेपाल प्रति आभार व्यक्त गर्दै गुणस्तरीय नागरिक सेवा प्रवाहका लागि यो समन्वय र सहकार्य अझै प्रभावकारी हुंदै जाने विश्वास व्यक्त गरेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!