१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बुटवलमा गयराती टिप्पर दुर्घटना हुँदा २ जना घाइते १ जना घाइते

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

(ABC-Sanchar)
रुपैन्दी । बुटवलमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार राति (शनिबार बिहानै)
पौनै २ बजे पश्चिमबाट बुटवल आउँदै गरेको बा ४ ख ९४५९ नम्बरको टिप्पर नेपालगञ्जरोड, बुटवलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते २ को लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय ,बुटवलले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा चालक रिब्दीकोट गाउँपालिका,पाल्पाका ३४ वर्षिय शेरबहादुर सुनार र मकवानपुरका ३२ वर्षिय युवा रहेका छन् । पूर्ण विवरण नखुलेका ३२ वर्षिय युवाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । टिप्पर सडकबाट तल खसेको छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!