१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बाँकेको जमुनाह नाकामा लगाइएको रोक सोमबारदेखि हट्ने

Logo
प्रकाशित आइतबार, आश्विन १७, २०७८

(महेन्द्र सिंह)
बाँके । जमुनाह नाकामा भारतीय सवारीमा लगाइएको रोक भोलि सोमबारदेखि पूर्ण रुपमा हट्ने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आजैदेखि नाका खोल्ने तयारी भएपनि भन्सार कार्यालयले केही कागजी प्रक्रिया मिलाउनु पर्ने भएकाले भोलि सोमबारदेखि नाकामा लगाइको रोक पूर्णरुपमा हट्ने बताए।

यद्यपी नेपाली नम्रब प्लेटका मोटरसाइकल, अटो रिक्सा, साइकलहरु भने आजैदेखि रुपैँडिया जान र आउन भने सुचारु भइसकेको छ । कोरोना प्रभावपछि भारतीय सवारी नेपाल प्रवेश र नेपाली सवारी भारत प्रवेशमा रोक लगाउँदै आइएको थियो । विगतमा खाद्यान्न लगायतका सामग्री बोक्ने सवारी साधन निर्वाध रुपमा सञ्चालन भएपनि निजी गाडी नेपाल प्रवेशमा भने रोक लगाइएको थियो ।

यस्तै भारतले पनि नेपाली निजी सवारी सन्चालनमा रोक लगाउँदै आएको थियो । यसअघि नाकामा पैदलयात्रुलाई आउजाउ गर्न मात्र दिइएको थियो । भारतीय सुरक्षा बल एसएसवीले पनि नाकामा सवारी साधन चल्न दिने भनेर माथिल्लो तहबाट निर्देशन आइसकेको जानकारी दिएको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए।

गत ११ गते बसेको संघीय मन्त्री परिषद्को बैठकले विभिन्न मापदण्ड पुरा गरेर भारतीय नीजि सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जमुनाह नाका भएर पनि सवारी साधन संचालनको अनुमति दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!