(रवि वर्णवाल)
पर्सा । बिरगंजको बसपार्क भानुचोकमा जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक कार्यालय पर्साको आयोजनामा भएको चालकहरूको स्वास्थ्य चेकजाँच,आँखा शिविर र यात्रुसहायता कक्षको जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख , २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख ,प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे ज्यूहरूबाट संयुक्त समुदघाटन भएको । उक्त कार्यक्रममा १५० जना चालक तथा सहचालकले स्वास्थ तथा आँखा चेकजाँच गराउनुका मास्क बितरण र सार्वजनिक सवारीसाधनहरूको अनुगमन समेत भयो । कार्यक्रममा चण्डी प्रसाद गणका निमित्त गणपति ज्यु ,प्रहरी निरीक्षक ,वडा अध्यक्ष ज्यु कार्यक्रमका सहयोगीसंस्थाहरू Rotry club of Birugunj,प्रभुहस्पिटल को स्वस्थ्य कर्मी,बिरगंज सामुदायिक आँखा एवं दात सेवा केन्द्र का स्वास्थ्य कर्मीहरु पहल संस्था,सामुदायिक सेवा केन्द्रका पदाधिकारीज्यूहरू sprit club,स्वतन्त्र समाज नेपाल, विभिन्न क्लबहरू, मिडियाकर्मीहरू, यातायात ब्यवसायी तथा मजदुरहरू लगायत नागरिक समाजको उपस्थिति रहेको थियो ।