
ABC (क्राईमबिट)
कपिलवस्तु । बुद्धभूमि नगरपालिका १० स्थित गोरुसिंगे जंगलमा गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटिएको छ।
बिहीबार दिउँसो ३ बजे मोटरसाइकलमा आएका दुई जनाले मायादेवी–४ चाकरचौडाका रामरक्षा जयसवाल सवार कारमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ।
गोली प्रहारबाट प्र–३–०१–२३च ८०८९ नम्बरको कारमा सामान्य क्षति पुगेको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी दानबहादुर कार्कीले बताए।