२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पत्रकार महासंघ बाँकेले वडा प्रहरी प्रमुख डिल्ली खड्कासहित दर्जनौंलाई सम्मान

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८


ABC (क्राईमबिट)
बाँके । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा शुक्रबार नेपालगञ्जमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा सगरमाथा इन्स्योरेन्स नेपालगञ्जका प्रमुख गोविन्द उपाध्यायले नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष दामोेदर भण्डारीलाई विमा पोलिसी हस्तान्तरण गरी दुर्घटना विमा कार्यान्वयन भएको जानकारी दिए । नेपाल पत्रकार महासङ्घ बाँके शाखामा आवद्ध ३२३ जना पत्रकारसहित जम्मा ३५३ जना पत्रकारहरुको दुई लाख रुपैयाँको दुर्घटना विमा गरिएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ बाँके शाखाले कोभिड–१९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपालगन्ज मेडिकल कलेजका फिजिसियन छाती तथा फोक्सो रोग विशेषज्ञ डा. सुभाष योगी, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, जिल्ला कोभिड १९–व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वली, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका ल्याव टेक्निसियन दिपक शर्मा, जे शर्मा मेडिकलका संचालक जीवन शर्मालाई सम्मान गरिएको हो ।
यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्का, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, व्यवसायी विवेकराज भण्डारी र दिपेन्द्र विष्ट पनि सम्मानित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]