१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

पर्सामा आफ्नै कार्यकर्ताले जलाए जसपाका अध्यक्ष उपेन्द्र यादवको पुतला

Logo
प्रकाशित शनिबार, आश्विन २३, २०७८


(रवि वर्णवाल)
बिरगंज । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन्। मन्त्रपरिषद्‍ विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले शुक्रबार साँझ यादवको पुतला दहन गरेका हुन्।

प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को नारा लगाएका थिए। शुक्रबार विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वरभूमि पर्साबाट कसैलाई नसमेटी आफ्ना आसेपासे र आन्दोलनमा योगदान कम भएका व्यक्तिलाई सिफारिस गरेको उनीहरूको आरोप छ।
यस्तै उनीहरूले पर्सामा अध्यक्ष यादवलाई प्रवेश निषेध गर्ने चेतावनी समेत दिएका छन्। ६ महिना लामो मधेश आन्दोलनको अगुवाई गर्ने पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाइनु पर्सालाई उपेक्षा गरिएको प्रदर्शनकारीको आरोप छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!