१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

दाङ प्रहरीले २ लाख ७ हजार सहित १३ जना जुवाडे पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन २४, २०७८

ABC (क्राईमबिट)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जुवा खेलिरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ९ दुबीचौरा निवासी श्यामलाल चौधरीको घरमा जुवातास खेलीरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुुभएको छ ।

पक्राउ पर्नेमा घोराही ९ निवासी ५५ वर्षिय दुर्गा बहादुर घर्ती, सोही ठाउँ निवासी ४१ वर्षिय पुस्कर केसी, ५५ वर्षिय होम बहादुर केसी, ५८ वर्षिय मनविर चौधरी, ५८ वर्षिय चिल्लु चौधरी, ३१ वर्षिय कालिचरण चौधरी, ४१ वर्षिय कमल चौधरी, ५४ वर्षिय गिर बहादुर कामी, ४९ वर्षिय कुमार केसी, ३३ वर्षिय गोविन्द डिसी, २५ वर्षिय कर्ण बहादुर विश्वकर्मा, २० वर्षिय सन्दिप चौधरी र ३४ वर्षिय विष्णु चौधरी रहेका छन् । साथै उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!