२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङका एसपी काफ्लेको नाम बेचेर प्रति ट्याक्टर ३० हजार घुस माग्ने ३ जना घुमुवा प्रहरी कार्वाहीमा

Logo
प्रकाशित आइतबार, आश्विन २४, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी सुरेश काफ्लेले आए देखि कानुन बिपरित गलत काम गर्ने जो कोही पनि कार्वाहीमा परेका छन । यस्तै तुलसीपुरमा बालुवा गिट्टी ओसार्न दिने सर्तमा ट्रयाक्टर ब्यबसायीसंग प्रति ट्याक्टर ३०/ ३० हजारको दरले घुस खाएको उजुरी एसपीको कानमा परे पछि तुलसीपुर क्षेत्रमा कार्यरत ३ जना साधा पोशाकका प्रहरीहरु (देबेन्द्र मल्ल) (कर्न वली) (जमान खड्का) लगाएत जिल्लामा कार्वाहीको लागि तानिएका छन्

स्रोतका अनुसार ४/५ जना ट्रयाक्टर ब्यबसायीबाट बालुवा गिट्टीको अबैध तस्करी गर्ने दिने सर्तमा केही घुमुवा प्रहरीले दाङका एसपी सुरेश काफ्लेको नाम बेचेर पैसा असुलेका थिए ।
एसपीको नाम गलत ढंगले भजाएर आँफूहरु संग रकम असुलेको ब्यबसायीको मौखिक गुनासोको आधारमा उनीहरुमाथि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङमा तानिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

ती प्रहरी अधिकारीले कसुर पुष्टि भए बिभागिय कारबाही देखि जागिरबाटै निकाल्ने सम्मको कारबाही हुन सक्ने संभावना रहेको बताए ।

तुलसीपुर क्षेत्रबाट यसअघि पनि सर्वसाधारणको गुनासोको आधारमा घुमुवा प्रहरीलाई जिल्ला तानेर बिभागिय कारबाही गरिएको ती प्रहरी अधिकारीले जानकारी दिए ।

दाङ जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा एसपी सुरेश काफ्ले जिल्लामा आएपछि गलत काम गर्नेहरुलाई धमाधम कारबाही सुरु गरिएको ती प्रहरी अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]