१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

अवैध बाटो हुँदै अमेरिका छिर्न लागेका नेपाली सहित १२६ आप्रवासी पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

काठमाडौं । ग्वाटेमाला प्रहरीले १२६ जना आप्रवासीहरुलाई सडकछेउको कन्टेनरबाट उद्वार गरेको छ । जहाँ केही नेपाली नागरिक पनि भएको बीबीसीले जनाएको छ ।

ग्वाटेमालाको नुएभा कन्सेप्सन र कोकालेस सहरको बीच क्षेत्रमा उनीहरु भेटिएका थिए। ट्रेलरभित्र उनीहरु चिच्याएको आवाज सुनेपछि यहाँको प्रहरीले उद्वार गरेको जनाएको छ । अधिकारीहरुका अनुसार उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजाने भनेर एजेन्टहरुले बाटवमै छाडिदिएका थिए ।

उक्त समूहमा अधिकांश संकटग्रस्त मुलुक हैटीका नागरिक थिए । साथै नेपाल र घानाका नागरिक पनि अवैध बाटो हुँदै अमेरिका प्रयासमा रहेको बुझिएको छ । तर समूहमा कति नेपाली नागरिक कति छन् भन्ने यकिन छैन । प्रहरी अधिकारीले आफूहरुले कन्टेनरभित्र कराइरहेको सुनेको र ढोका खोल्दा १२६ जना कागजात नभएका मानिस भेटिएको प्रतिक्रिया दिएका छन् ।

अधिकारीहरुका अनुसार आप्रवासीहरुलाई सेल्टरमा राख्नुअघि उनीहरु सबैको प्राथमिक उपचार समेत गरिएको छ । ग्वाटेमालाको आप्रवासन प्राधिकरणका प्रवक्ता अलेजान्ड्रा मेनाका अनुसार उनीहरु होन्डुरसबाट अमेरिकाको जोखिमयुक्त र गैरकानूनी बाटोको यात्रा गर्दै थिए । तर उनीहरुलाई अब होन्डुरस सिमानामा नै फिर्ता गरी अधिकारीहरुको जिम्मा लगाइनेछ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!