१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

दाङ प्रहरीले जुवा खेल्ने २० जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन २९, २०७८


ABC (क्राईमबिट)
दाङ । बालापुर र बबईबाट छुट्टाछुट्टै ठाउँमा जुवा खेलेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-२ बालापुरमा जुवा खेलेको आरोमा सोही ठाउँका रोशन डाँगी, नुमेश डाँगी, लोक बहादुर वली, दलबहादुर डाँगी, दंगीशरण गाउँपालिका-७ निबासी पूणर्बादुर डाँगी र वडा नं ५ निबासी कमल वली रहेको प्रहरी स्रोतले बताएको छ ।

दलबहादुर डाँगीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलिले ६५ हजार नगद सहित राति १० बजे उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ । यसैगरी पश्चिम दाङको बबई गाउँपलिकाबाट पनि जुवा खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बबई गाउँपालिका-२ सितापुर निबासी गोपाल शर्माको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले करिब २६ हजार नगद सहित उनिहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बबई गाउँपालिका-२ निबासी दिपक श्रेष्ठ, दिलबहादुर विक, मनोज शर्मा, रुद्र सिह डाँगी, अनिल गौतम, दल बहादुर केसी, पंकज शर्मा, लालबहादुर जीसी, बीर बहादुर जिसी, राजकुमार शर्मा, डम्बर बहादुर गिरी, भुवन शर्मा, थलबहादुर वली, अम्मर केसी रहेको ईलाका प्रहरी कार्यालय पञ्चकुलेले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक नविन चुडालको नेतृत्वमा गएको प्रहरी टोलिले उनिहरुलाई करिब साढे ११ बजे राति पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जुवा खेलको हेर्ने पनि परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]