१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

दाङ प्रहरीले जुवा खेल्ने २० जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन २९, २०७८


ABC (क्राईमबिट)
दाङ । बालापुर र बबईबाट छुट्टाछुट्टै ठाउँमा जुवा खेलेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-२ बालापुरमा जुवा खेलेको आरोमा सोही ठाउँका रोशन डाँगी, नुमेश डाँगी, लोक बहादुर वली, दलबहादुर डाँगी, दंगीशरण गाउँपालिका-७ निबासी पूणर्बादुर डाँगी र वडा नं ५ निबासी कमल वली रहेको प्रहरी स्रोतले बताएको छ ।

दलबहादुर डाँगीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलिले ६५ हजार नगद सहित राति १० बजे उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ । यसैगरी पश्चिम दाङको बबई गाउँपलिकाबाट पनि जुवा खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बबई गाउँपालिका-२ सितापुर निबासी गोपाल शर्माको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले करिब २६ हजार नगद सहित उनिहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बबई गाउँपालिका-२ निबासी दिपक श्रेष्ठ, दिलबहादुर विक, मनोज शर्मा, रुद्र सिह डाँगी, अनिल गौतम, दल बहादुर केसी, पंकज शर्मा, लालबहादुर जीसी, बीर बहादुर जिसी, राजकुमार शर्मा, डम्बर बहादुर गिरी, भुवन शर्मा, थलबहादुर वली, अम्मर केसी रहेको ईलाका प्रहरी कार्यालय पञ्चकुलेले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक नविन चुडालको नेतृत्वमा गएको प्रहरी टोलिले उनिहरुलाई करिब साढे ११ बजे राति पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जुवा खेलको हेर्ने पनि परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!