२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

सल्यानको बबई नदीमा नुहाउन गएका १ पुरुष डुवेर वेपत्ता

Logo
प्रकाशित शनिबार, आश्विन ३०, २०७८


(ABC-Sanchar)
दाङ । सल्यानका एक पुरुष शुक्रवार विहानै ववई नदीमा डुवेर वेपत्ता हुनु भएको छ । वेपत्ता हुनेमा कालिमाटी ७ बोटनी बस्ने ३५ बर्षिय श्याम विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

विहान आठ बजेतिर श्रीमती संगै बबई नदीमा नुहाउन गएको बेला ढुङगाबाट चिप्लिएर नदीमा वेपत्ता भएको उहाले जानकारी दिनुभयो ।

श्रीमान् नदीमा डुवेर वेपत्ता भएको श्रीमतीले प्रहरीलाई जानकारी गराएको उहाले जानकारी दिनुभयो । वेपत्ता भएका पुरुषको घुईयाबारी प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानियले खोजी कार्य गरे पनि अहिले सम्म फेला नपरेको प्रहरीको भनाई छ । अहिले पनि उहाको खोजी कार्यजारी रहेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]