१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सोमबार गृहनगर नेपालगन्ज आइपुगे लुम्बिनी प्रदेश वन मन्त्री हमाल

Logo
प्रकाशित सोमबार, कार्तिक ०१, २०७८

(महेन्द्र सिंह)
बाँके । लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमाल गृहनगर नेपालगन्ज आइपुगेका छन् ।

मन्त्री भएपछि पहिलोपटक गृहनगर आएका हमाललाई कांग्रेस नेता कार्यकर्ताले बाटोमा स्वागत गरेका थिए । उनी काठमाण्डौबाट स्थलमार्ग हुँदै नेपालगन्ज आइपुगेका हुन् । दाङको धानखोला, लमही, बाँकेको कुसुम, अगैया, शमशेरगंज, कोहलपुर, हवल्दारपुर लगायतका स्थानमा कांग्रेस नेता कार्यकर्ताले उनको स्वागत गरेका थिए । उनले कोहलपुर-७ लखनवास्थित मरिमाता मन्दिरमा पारिवारसहित पूजा गरेका थिए । नेपालगन्ज प्रवेश गर्नुअघि राँझामा नेपालगन्जबाट गएका नेता कार्यकर्ताले मन्त्री हमाललाई स्वागत गरेका थिए । राँझामा कांग्रेस युवा नेतृ नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायत अन्य नेता कार्यकर्ताले स्वागत गरेका हुन् । नेपालगन्ज आएपछि उनले बागेश्वरी मन्दिरमा पुगेर दर्शन गरेका थिए । उनी ४/५ दिन नेपालगन्जमा रहनेछन् ।

प्रदेश र संघमा बाँकेबाट निर्वाचित कांग्रेसका एक मात्र सांसद हमाल असोज २४ गते वन वातावरण तथा भू-संरक्षण मन्त्री नियुक्त भएका थिए । राजनीति र खेल जगतका अब्बल ब्यक्तित्व हमाल २०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा बाँकेको क्षेत्र नम्बर २’ख’ बाट निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!