१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

लुम्बिनी प्रदेशका वनमन्त्री हमालले गरे कोहलपुरको मरिमाता मन्दिरमा पुजा

Logo
प्रकाशित सोमबार, कार्तिक ०१, २०७८

(महेन्द्र सिंह)
बाँके । लुम्विनी प्रदेशका नवनियुक्त वन तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमालले सोमबार गृह जिल्ला बाँके पुगेर पुजा अर्चना गरेका छन्।

-७ लखनवास्थित ‘मरिमाता’ मन्दिरमा उनले पारिवारसहित पुजाआजा गरेका हुन्। करिब १६६८ बर्ष पुरानो मरिमाता मन्दिर २०४६ सालमा रामेश्वरप्रसाद निगमले जिर्णोदार गरेका हुन्।

त्यसक्रममा हमालले जीवनका सहज र असहज सबै परिस्थितिमा आफू यो मन्दिरमा आइरहने बताए।

पुजामा बाँकेका पूर्व सभापति रणेन्द्रबहादुर हमाल (भाईराजा)की श्रीमति उत्तम हमाल सहित मन्त्री हमालको परिवारक पुजामा कांग्रेस बाँकेका कार्यकर्ताहरू पनि सहभागी थिए। ओलम्पियन खेलाडी समेत रहेका हमाल मन्त्री भएपछी सोमबार पहिलो पटक गृह नगर आएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम […]

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

error: Content is protected !!