२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सार्वजनिक जानकारीका लागि,जाे जससँग सम्बन्धित छ: परिस्थितिले बाध्य बनायो अनुसार प्रमोद न्यौपाने

Logo
ABC-Sanchar प्रकाशित बुधबार, चैत्र १८, २०८२

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ।

२. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै के अर्थ!

३. म सरकार, मन्त्री, सांसद र पार्टी नेताहरूबाट तपाईंले अपेक्षा गर्नु भएकाे ‘काम’ गर्ने/गराउने पहुँच र सामर्थ्य पटक्कै राख्दिन। ‘राख्छ कि’ भन्ने साेच्नेहरू प्रति आभारी छु।

४. चुनावी परिणाम आएपछि एकतर्फी रुपमा बढेका ‘मित्र’ र गाँसिएका ‘साइनाे’प्रति अत्यन्तै सम्मान छ। उहाँहरूलाई मैले फर्काउन सक्ने स-प्रेम सम्मान मात्र हाे।

५. ‘यसाे भेटाैं न’, ‘चिया/कफी पिउनु पर्ने’ भनेर सयाैं ज्ञात-अज्ञात ‘मित्र’बाट प्राप्त आग्रह हाल स्वीकार्न संभव नरहेकाेमा स्वयम् दु:खी छु। समयअनुकूल भएसम्म स्वीकार्ने छु।

६. म्यासेज र फाेन यति बढ्याे कि चाहेर पनि सबैकाे ‘रेस्पाेन्स’ गर्न सकेकाे छैन। तपाईंहरूकाे ‘जरुरी’ अनुमान गरेकाे छु, आवश्यक पर्दा आफैं सम्पर्क गर्ने छु।

७. सार्वजनिक रुपमा यसरी स्वघाेषणा गर्नु पर्दा काेही कसैकाे भावनामा ठेश पुग्न गएकाे भए क्षमाप्रार्थी छु। र, यसका बाबजुद पनि म प्रतिकाे तपाईंकाे व्यक्तिगत धारणा/बुझाई पूर्ववत सकारात्मक रहने विश्वास लिएकाे छु।

धन्यवाद!

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]