१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

गुल्मीमा बाढीले जिप बगायो यात्रुहरु सहकुसल

Logo
प्रकाशित सोमबार, कार्तिक ०१, २०७८

(ABC-Sanchar)
गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा खोलाले जिप बगाएको छ । सोमबार बिहान बुटवलबाट गुल्मीको वामीटक्सारतर्फ आउँदै गरेको लु१ज ३४३२ नम्बरको यात्रुवाहक जिप खोला तर्ने क्रममा गुल्मीको सत्यव२ः३० बजेको समयमा डहरे खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जिप रोकिएपछि यात्रुहरु तत्कालै जिपबाट झरेका थिए ।

जिपमा सवार नौ जना यात्रु जिपबाट झरेलगत्तैे ठाडो खोलामा माथिबाट आएको पानीको बहावले जिपलाई बगाएर बढीघाट खोलामा पु¥याई बेपत्ता बनाएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभएको छ ।दुई दिनदेखिको लगातार वर्षाका कारण डहरे खोलाले बगाएको उक्त जिप बाढीले नजिकै रहेको बढीघाट खोलामा पुर्याएपछि यात्रुहरुले हेर्दाहेर्दै जिप खोलाको भेलसँगै बेपत्ता बनेको थियो ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी टोली घटना स्थलमा पुगे पनि खोलाले बगाएको उक्त सवारी साधन अझै फेला पर्न सकेको छैन । अविरल वर्षाका कारण सोमबार बिहानदेखि अवरुद्ध बनेको रिडी–रुद्रवेणी सडक भने स्थानीय पालिकाको पहलमा केहीबेर अघि सञ्चालनमा आएको अध्यक्ष ढकालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!