१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

लुम्बिनी प्रदेशको जिल्लामा रहेको काठहरु तत्काल ब्यबस्थापन हुन्छ मन्त्री : हमाल

Logo
प्रकाशित शनिबार, कार्तिक ०६, २०७८


(ABC-Sanchar)
बाँके । लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले बाँकेवासीको शीर निहुरिन नदिने बताएका छन् ।

नवनियुक्त मन्त्री हमाललाई बधाई ज्ञापन गर्न नेपाल प्रेस युनियन बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने-“जिल्लाले ममाथि ठूलो विश्वास गरेको छ, म यहीँको सांसद भएको नाताले जिल्लावासीको धेरै अपेक्षा छ, म जतिसक्दो राम्रोसंग काम गर्छु, तपाईंहरु ढुक्क हुनुहोस्, मैले बाँकेवासीको शीर निहुराउने कुनै काम गर्दैन ।” उनले काम गर्ने बेलामा झुठो र पूरा नहुने आश्वासन कसैलाई नदिने बताए ।

उनले वनजंगलमा यत्रतत्र परेका कुकाठहरु तत्काल निकालेर वृक्षारोपण गर्ने बताए । “ती ढलेका रुखहरु, यत्रतत्र छरिएका काठहरु जति दिन रहन दियो, राज्यलाई त्यति नै नोक्सान हुने भएकाले १२ वटै जिल्लामा ती काठहरुको व्यवस्थापन गरेर नयाँ रुख रोप्ने हो,” मन्त्री हमालले भने । उनले वातावरण संरक्षण र संवर्द्धनको लागि वैज्ञानिक वृक्षारोपणमा जोड दिने आफ्नो योजना रहेको सुनाए । मन्त्री हमालले कोहलपुर-नेपालगन्ज, तुलसीपुर-घोराही र बुटवल-घोराही सडकखण्डको वीचमा रुख रोपेर हरियाली बनाइने बताए । उनले वयश्क रुख रोप्दा उपयुक्त हुने सुझाव आएकाले वयश्क रुख रोप्ने योजना रहेको बताए । उनले भू-संरक्षण, बाढीपहिरो, नदी कटानको समस्या समाधानका विषयमा कसरी काम गर्न सकिन्छ भनेर आफू छलफलमै रहेको बताए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वलीको अध्यक्षतामा भएको कार्यक्रममा नवनियुक्त मन्त्री हमाललाई पत्रकारहरुले सल्लाह सुझाव समेत दिँदै केही जिज्ञासा राखेका थिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, पूर्व अध्यक्ष निरज गौतम, एभिन्युज टेलिभिजनका खम्ब पुन, माउन्टेन टेलिभिजनका कुशल दर्लामीले सल्लाह सुझावसंगै जिज्ञासा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!