२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

धादिङमा गुडिरहेको बसमा एक्कासि आगलागी

Logo
प्रकाशित आइतबार, कार्तिक ०७, २०७८

(ABC-Sanchar)
काठमाडौं । सुर्खेतबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज (आइतबार) बिहान दुई बजे पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका १ गजुरी बजारमा एक्कासि आगलागी भएको धादिङ प्रहरीले जनाएको छ ।

बसमा पूर्णरुपमा क्षति पुगेको र ३६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

बसमा आगो लाग्नुको कारण थाहा नभए पनि वायरिङमा सट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
इन्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]