१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

इप्रका कोहलपुर प्रहरीले ३ लाख ५० हजार नगदसहित ७ जुवाडे पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८


(सागर थापा)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले ७ जना जुवाडेलाई तास खेलिरहेको बेलामा पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले साढे ३ लाख रकम पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–८ मा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका कोहलपुर प्रहरीले राती साढे १२ बजे छापा मारेको थियो । जुवाडेहरु नजिकैको जंगलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र इप्रका कोहलपुरको टोली र केही घुमुवाको सक्रियतामा उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जनाएका छ्न। चाडपर्व भित्रिएसँगै जुवाडेहरु सल्बलाउन थालेका छन् । 

केही दिन अघि पनि प्रहरीले बैजनाथबाट तीन जना जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरुलाई पनि जंगलबाटै पक्राउ गरिएको थियो । घरमा प्रहरीले छापा हान्ने भयले जुवाडेहरुले जंगल क्षेत्रलाई जुवाखाल बनाउन थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!