१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बाँकेमा अझै नियन्त्रणमा आएनन पाटेबाघ राजमार्ग क्षेत्रमा त्रास कायमै

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८


(महेन्द्र सिंह)
बाँके । पूर्वपश्चिम राजमार्गमा रहेको गाभर क्षेत्रमा एक महिनाअघि मान्छे खाएर सोही क्षेत्रमा रहेका बाघ अझै नियन्त्रणमा नआउँदा सोवरिपरिका गाउँबस्तीमा त्रास कायमै रहेको छ । सोही त्रास र डरका कारणले गाभर लगायतका क्षेत्रका बासिन्दा घरबाट निस्कनसमेत डराइरहेका छन् भने उनीहरूले दसैँ पनि घरमै कैद भएर मनाएको दुःखेसो सुनाएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि अझै नियन्त्रणमा लिन सकेको छैन । उक्त क्षेत्रमा केही दिनअघि चारवटा पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्र्यापिङ’का क्रममा कैद भएका थिए ।

अहिले ती बाघ राष्ट्रिय निकुञ्जको गाभर र सौरीबीचकै जङ्गलमा घुमिरहेको पाइएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघ नियन्त्रणमा नआउँदा गत एक महिनादेखि चौपायालाई घरभित्रै थुनेर राख्नुका साथै आफूहरू पनि घरबाहिर एकदमै कम निस्किएको गाभरका दिलबहादुर ओलीले बताए ।
उनले सो क्षेत्रमा चारवटा वयस्क पाटेबाघ देखिएपछि सर्वसाधारणमा ठूलो त्रास उत्पन्न भएकाले कोही पनि घरबाट निस्कन नचाहेको बताए । अर्का बासिन्दा नरेश थापाले बाघ आतङ्कका कारण चाडपर्व पनि घरमै लुकेर मनाएको सुनाउँदै निकुञ्जले नियन्त्रणमा लिन नसक्ने हो भने बाहिरबाट मानिस बोलाउनुपर्ने माग गरे ।
बाँके निकुञ्जका रेन्जर राजन पण्डितले निरन्तर प्रयास भइरहे पनि बाघ नियन्त्रणमा लिन समस्या भइरहेको बताए । ‘बाघ नियन्त्रण गर्न राखेको पाडो नै बाघले खाइदिएको छ । बाघमाथि निगरानी बढाइए पनि नियन्त्रणमा लिन सकिएको छैन,’ उनले भने । बाघले थप घटना गर्न सक्ने भएकाले अहिले पनि निकुञ्जका दुई घरपालुवा हात्ती गाभरमै राखिएको र सेनाको गस्ती पनि निरन्तर भइरहेको उनले जनाए ।

निकुञ्जका अनुसार बाघ नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जका कर्मचारी दैनिक खटिएका छन् । ठाउँठाउँमा क्यामेरा जडान गरी हात्तीसहित सेना र कर्मचारीले बाघको निगरानी गरिरहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ अझै त्यस क्षेत्रमा रहेकाले पूर्व–पश्चिम राजमार्गमा राति साना सवारीसाधनलाई आवतजावत गर्न पूर्णरूपमा रोक लगाइएको बताए ।

निकुञ्जले बाघ नियन्त्रणमा लिन दुई खोर तयारी अवस्थामा राखेको छ । गत महिना पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा ४५ वर्षीय पुरुषको पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । सो घटनापछि उक्त क्षेत्रमा बाघको आतङ्कले आवागमन गर्नेदेखि त्यहाँ बसोवास गर्ने सबैलाई त्रसित बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!