१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

दाङको तुलसीपुरमा किसानका अचानक ३० वटा खशी बाख्रा मरे

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

(ABC-Sanchar)
दाङ । तुलसीपुर १३ फुलबारीमा किसानले पालेका करिव ३० वटा खशीबाख्रा मरेका छन् । त्यहाँका छ जना किसानले पालेका ३० वटा खशीबाख्रा मरेको स्थानिय किसान गोविन्द सुवेदीले जानकारी दिनुभयो।
उहाका अनुसार हिरामती चौधरीका चार वटा खशी र सात वटा बाख्रा गरी ११ वटा, लाल बहादुर चौधरीका दुई वटा बाख्रा, शान्ता चौधरीका छ वटा बाख्रा, बलविर चौधरीका ४ वटा बाख्रा,मनोज चौधरीका चार वटा बाख्रा र पुर्ण बहादुर चौधरीका दुई वटा बाख्रा मरेका हुन् ।

केहि साता देखी खशीबाख्रामा पखला हुने गरेको थियो । झन्डै पन्ध्र दिनको अवधीमा उक्त संख्यामा खशीबाख्रा मरेका हुन् । अझै पनि सात÷आठ वटा खशीबाख्रा विरामी परेको पशु सेवा शाखा तुलसीपुरका प्रमुख सुवास आचार्यले जानकारी दिनुभयो ।
खशीबाख्रा मरेको भन्ने खबरपाएपछि आफुहरु त्यही पुगेर जानकारी लिएको बताउदै किसानहरुले समयमै पशु उपचारमा ध्यान नदिदा यति धेरै क्षति भएको समेत बताउनुभयो ।
बर्षातको समयमा बाख्रालाई खानपानको कमजोरी,चरण गर्ने स्थान भिजेका कारण पखला र ज्वरो आउने जस्ता लक्षण देखीएको उहाले बताउनुभयो । साथैे पिडित किसानहरुलाई भेटेर बाँकी विरामी भएका बाख्राहरुलाई औषधी र परामर्श समेत दिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!