१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

रुपन्देहीमा रोकिएन तस्करी २४ लाखको अवैध सामग्री पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

ABC (क्राईमबिट)
बुटवल। प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट झण्डै २४ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी इकाईले मंगलबार र बुधबार गरी भन्सार छलेर नेपाल ल्याउँदै गरेको २३ लाख ८५ हजार रुपैयाँको अवैध सामान बरामद गरेका हुन्।

इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले भन्सार छलीको २ लाख ५९ हजार ५६० रुपैयाँ बरबरको कपडा लगायतका सामान नियन्त्रणमा लिएर भन्सार चलान गरेको छ।

सिद्धार्थनगर नगरपालिका बाइपास रोडस्थित नेपालमा एक महिनादेखि अवैधरुपमा धनगढीको भित्री स्थान हुँदै प्रवेश गरेको यूपी २१ सिई ४०६४ नम्बरको १५ लाख बराबरको गाडी भारत प्रवेश गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएर कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ।

इलाका प्रहरी कार्यालय मझगाँवा रुपन्देहीबाट खटिएको टोलीले लत्ताकपडा, चिनी लगायत २ लाख १६ हजार रुपैयाँको मालसामान, प्रहरी चौकी दुर्गौलिया र सीमा प्रहरी चौकी कदमहवाको टोलीले लत्ताकपडा, झोला र चिनी गरी २ लाख ३८ हजारको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।

प्रहरी चौकी मैनीहवाबाट खटिएको टोलीले रोहिणी गाउँपालिका-२ भगवानपुर चोकमा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको एक लाख ८० हजारको ६० पिस स्वीमिङ प्याड बरामद गरी भन्सार कार्यालय चलान गरेको छ।

इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको टोलीले तिलोत्तमा-१५ पत्थरडाँडाबाट भारतबाट भन्सार छलेर ल्याइएको २५२ पिस लेडिज ब्रा, चकलेट, कुर्ता सुरुवाल, पनिर मसला लगायत ७५ हजारको सामान नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भारतीय नम्बरका दुईवटा मोटरसाइकलमा ल्याउँदै गरेको १ लाख ३२ हजारको‍ चिनी बरामद गरी भन्सार कार्यालय पठाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!