१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

भारतका साउथ स्टार पुनीत राजकुमारको निधन

Logo
प्रकाशित शुक्रबार, कार्तिक १२, २०७८

 

काठमाडौं । सैडलबुड इन्डस्ट्रीका चर्चित स्टार पुनीत राजकुमारको निधन भएको छ । आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् ।

अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए । पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् । उनी सफल कलाकार राजकुमारका छोरा हुन् ।

उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । उनको ४६ बर्षको उमेरमा निधन भएको मिडियाले उल्लेख गरेका छन् । पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् ।

पुनीतको जन्म सन् १९७५ मार्च १७ मा भएको हो । भारतको चेन्नईमा जन्मिएका पुनीतको कन्नड चलचित्रमा राम्रो क्रेज थियो । उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!