ABC (क्राईमबिट)
सल्यान। शारदा नगरपालिका वडा नम्बर १२ को बागेश्री सामुदायिक वनमा पर्ने ट्वाङट्वाङे गुफाभित्रबाट ४ थान भरुवा बन्दुक भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभएको छ ।
बेवारिसे अवस्थामा भरुवा बन्दुक गुफाभित्र रहेको भन्ने स्थानियले सूचना दिएको आधारमा आज शुक्रबार बिहान इलाका प्रहरी कार्यालय शितलपाटीको टोलीले बन्दुक बरामद गरेको प्रहरीले बताएको छ । घटनाका बारेमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।