१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सरकारले नेपाल र भारत सीमामा परिचयपत्र अनिवार्य लागू गरिने

Logo
प्रकाशित शनिबार, कार्तिक १३, २०७८

(ABC-Sanchar)
काठमाडौं । सरकारले नेपाल–भारत सीमा नाकाबाट हुने अवैध घुसपैठ र नाका छली रोक्न दुवै देशका नागरिकलाई आवागमनमा परिचयपत्र अनिवार्य गर्न कूटनीतिक तहमा छलफल गर्ने भएको छ ।

अफगानिस्तान, म्यानमार, इरान, इराकलगायत युद्धग्रस्त मुलुकका नागरिक दक्षिण तर्फका नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गर्नेक्रम नरोकिएपछि सरकारले तेस्रो देशका नागरिकमाथिको नियमन एवं नाकामा चेकजाँच बढाउन परिचयपत्र अनिवार्य गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौडेल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, सेनासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी, अध्यागमन विभागका प्रमुख र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको केन्द्रीय सुरक्षा समिति बैठक बसेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले केन्द्रीय सुरक्षा समिति बैठकमा सीमाबाट हुने तेस्रो देशका नागरिकको घुसपैठ/नाका छली रोकथाम तथा नियन्त्रणबारे केन्द्रित भएको बताए ।

सीमामा सीसीटीभीबाट समेत निगरानी र नियमन बढाउन पनि बैठकले निर्देशन दिएको छ । पछिल्लो समय अफगान, म्यानमारका रोहिंग्यालगायत विदेशी अवैध रूपमा भित्रिएर ‘शरणार्थी’ भेषमा लुकीछिपी बस्ने गरेको विषयलाई गम्भीर रूपमा लिएर सुरक्षा समिति बैठकले त्यसलाई रोकथाम तथा नियन्त्रण एवं सीमाबाट हुने आवागमन व्यवस्थित गर्न परिचयपत्र अनिवार्य गर्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए । यसका लागि दुवै देशबीच कूटनीतिक तहमा पहल थालिने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!