१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जुवाडेहरुको सुचना संकलन भइरहेको छ जुवा संचालन गर्नेहरु पक्राउ पर्छन बाँके एसपी:अधिकारी

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

(सागर थापा)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बाँकेमा जुवा-तासको खाल लुकिछिपी संचालन भइरहेको बारे प्रहरीले सुचना संकलन गरिरहेको बताउनुभएको छ । उहाँले सुचना संकलन भइरहेको र केही दिनमै जुवा-तासको खाल संचालन गर्ने ब्यक्तिहरु पक्राउ पर्ने बताउनुभयो ।
उहाँले नेपाल कागजसंग कुरा गर्दै भन्नुभयो, ‘जुवा-तासको खाल संचालन गर्नु अपराध हो, २-४ ठाउँमा छापा हान्दैछौँ । बाँकेमा कहाँ-कुन ठाउँमा जुवा-तासको खाल संचालन भइरहेको छ भन्ने बारे हामीलाई सुचना दिनुहोस्, प्रहरीले तुरुन्तै कारबाही गर्छ, हामी हाम्रो तर्फबाट सतर्क भएर चुस्त रुपमा लागिरहेका छौँ, सचेत नागरिकसंगपनी सुचनाको अपेक्षा गर्छौँ, कतै गलत भइरहेको छ भने हामीलाई संपर्क गर्नुहोस् ।’
उहाँले अहिले जुवाडेहरु धेरै चलाख भइसकेको, सानो समुह बनाएर बिभिन्न हतकण्डा अपनाएर जुवा-तास खेल्ने गरेकाले प्रहरी समक्ष सुचना आउन नसकेकाले कहीँ-कतै लुकिछिपी त्यस्ता गतिबिधी भएका छन भने प्रहरीलाई सहयोग गर्न नागरिकहरुलाई आग्रह गर्नुभयो ।

प्रहरीको आँखा छली बाँकेमा करोडौँको जुवा खाल संचालन
उपरीक्षक अधिकारीले जुवा-तासको केसमा प्रहरीलाई समेत बिबादमा ल्याउने धेरै जुवाडेहरुको प्रयास हुने भएकाले पुख्ता-तथ्यगत सुचना संकल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीलाई सहयोग र साथ दिनुहोस्, तँपाइको छेउँ-छाउँमा कहीँ कतै कुनै अपराधिक प्रवृत्ति बढी रहेको छ वा त्यस्ता मनोवृत्तिका मानिसहरु देख्नुहुन्छ भने प्रहरीलाई संपर्क गर्नुहोस्, सिधै मलाई संपर्क गर्नुहोस् ।’
उहाँले नागरिक पनि आफैमा प्रहरी हुने गरेकाले नागरिक-प्रहरी साझेदारी गर्दै अपराध निर्मुल गर्ने दिशामा हात मिलाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!