१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जमुनाह सइ बिष्टको सेटिङ्गमा २ लाखको पटका नेपाल भित्रियो बाँके प्रहरीद्वारा नष्ट

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

(महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय जमुनाहको सेटिङ्गमा ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित पटका जन्य बस्तुहरु तस्करीको सेटिङ्गमा भारतबाट लुकिछिपी नेपालमा भित्रिएको छ । २ लाख मूल्य बराबरको पटका जन्य बस्तु जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।
पक्राउ गरिएको लाखौं मुल्यको पटका मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेमा नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौपानेले मंगलबार पत्रकारको उपस्थितिमा उक्त पटका जन्य बस्तु नष्ट गरिएको थियो । दिपावली सुरु भएसँगै भारतबाट प्रतिबन्धित पटकाजन्य विस्फोटक पदार्थहरु जमुनाह सइ मीन बहादुर बिष्टको सेटिङ्गमा नेपाल भित्र्याउने गरिएको छ ।

भारत रुपैडियाका ब्यापारी साजिद खातुन पवन गुप्ता पटका क्यारिङ्ग गर्ने सन्तोष शर्माका अनुसार ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज मीनबहादुर विष्ट संगको सेटिङ्गमा जमुनाह प्रहरीले पटका जन्य नेपालमा भित्र्याउने गरेको बताए । यता बाँके प्रहरीको कमाण्डमा २ लाख भन्दा धेरै पटका पक्राउ गरिएको छ ।

दिपवलीमा मनोरञ्जनको नाममा पटका पटकाउने र आतासवाजी गर्ने गरिन्छ । तर यसलाई नेपाल सरकारले प्रतिबन्ध गरेको छ । तर पनि बजारमा जमुनाह सइ बिष्टको सेटिङ्गमा पटकाहरु नेपालमा व्यापक भित्रिएर पट्काउने क्रम सुरु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!