ABC (क्राईमबिट)
बाँके । नेपाल भारत सिमा नाकाबाट तस्करी गरेर ल्याउँदै गरिएको ठुलो परिमाणको सुर्तीजन्य पदार्थ पक्राउ गरिएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह इन्चार्ज मीन बहादुर बिष्टको कमान्डमा खटिएको प्रहरी टोलीले गएराती ८ बजे भन्सार छली गरेर ल्याइएको बजार मुल्य ६ लाख बराबरको सुर्ती बनाउन प्रयोग गरिने कच्चापदार्थ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बिशेष सूचनाका आधारमा जमुनाह इन्चार्ज बिष्ट सहितको प्रहरी टोलीले रुपइडिहाबाट तस्करी गरेर नेपाल ल्याउदै गरेको उक्त सुर्ती बनाउन प्रयोग हुने कच्चा पदार्थलाई जमुनाहको गाउँबाट पक्राउ गरेको हो ।