१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

मखमली र सयपत्रि फुलहरु पाइन छाडे बजारहरुमा प्लाष्टिकका फुलहरु बिक्री

Logo
प्रकाशित बुधबार, कार्तिक १७, २०७८


(सागर थापा)
दाङ । प्लाष्टिकका मालाको माग बदेको छ। केही बर्षयता देखि मखमलि र सयपत्रि फुलको अभाव भए पछि प्लास्टिक ,कपडाको मालामा भारी वृद्धि भएको हो।अहिले तिहारलाई लक्षित गरि ब्यपारिहरुले प्लाष्टिकका माला भारतबाट ल्यएका छन्।
दाङका घोराही बजार नारायणपुर बजार तुल्सीपुर बजार लमही बजार भालुवाङ बजार लगायतका बिभिन्न स्थानमा रङ्गिचङ्गी प्लास्टिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन्। पुरै बजार मालाले सिङ्गारिएको छन् भने ब्यापारीले ग्राहकलाई आकर्षक गर्न पसलमा मालाहरु सजाएर राखेका छ्न।घोराही बजारका ब्यपारी बिष्णु गुप्ताले बजारमा मखमली र सयपत्रि फुल आउनै छाडेपछी केही बर्षयता देखि प्लास्टिकका मालाहरु प्रती ग्राहक आकर्षक भएको बताए। रक्षा बन्धन पछि तिहारमा माला सबैभन्दा बढी बिक्रि हुने भएकाले आफुले भारतबाट माला ल्याएको गुप्ताले जनाए । पाँच रुपैयाँ देखि साडे तिनसय मुल्यमा माला बिक्रिका लागि राखेको भन्दै उनले तिहारमा एक लाख बदिको माला बिक्रि हुने बताए।प्रत्येक माला ब्यापारिले न्युनतम ५० हजार देखि एक लाख सम्म कारोबार हुने बताएका छन।त्यस हिसाबले नै जिल्लामा नै यस्को लाखौंको कारोबार हुने पुष्ठि गरेको छ।अहिले सबैजसो बजारमा माला किन्नेहरुको भिडभाड बदेको छ।जिल्लामा ब्यबसायिक फुलखेती नभएको जिल्ला कृषि बिकास कार्यालय दाङले जनाएको छ। उता तिहारमा भाडाकुडा बिभिन्न रंग ओखर लगायतको कारोबारमा समेत वृद्धि भएको ब्यापारिहरु बताउँछन्।अन्य समय भन्दा अहिले बजारमा भाडाको ब्यापार व्हात्तै बदेको हो।अरु समयमा फाटफुट मात्र ब्यापार हुने लगायतका बजारहरुमा भाडाहरुको पसलमा निकै भिडभाड बदेको देखिन्छ। खासगरि जिल्लमा तिहारको धनव्न्तरी दिवसको दिन भाडाकुडा खरिद गर्ने चलन भएकाले येस्को ब्यापारमा वृद्धि भएको ब्यापारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!