ABC (क्राईमबिट)
कपिलवस्तु । मायादेवी गाउँपालिका ६ डुमरा निवासी २२ वर्षीय फेराज अहमद मुसलमान अमरिकी पेस्तोल र लागुऔषध सहित पक्राउ परेका हुन् ।
भारतीय नम्बर प्लेटको मोटरसाईकल चढेर चाकरडाँडाबाट पकडीतर्फ जाँदै गरेका मुसलमानलाई अस्थाई प्रहरी पोष्ट बिजुवाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट अमेरिकामा निर्मित डेन्जर टोएअर पोस्तोल एक थान , त्यसमा लाग्ने गोली २८ राउड , ४२ थान क्याप्सुल र २१ थान ट्याब्लेट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै एक थान मोवाईल, ४ थान पेनड्राइभ र उक थान वाईफाई स्पिडर समेत बरामद गरिएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।