(महेन्द्र सिंह)
बाँके । नेपालगन्जको सीमा नाकाबाट फल्स सिलिङ गरि तस्करी गर्दै ल्याइएको ठूलो परिमाणमा अवैध विन्ड्चिटर (ज्याकेट) पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी र भन्सार कार्यालयको टोलीले गएराती साढे ८ बजे नेपालगन्ज भन्सार चेक पोस्टबाट अटो रिक्सामा फल्स सिलिङ गरी तस्करी गरेर ल्याउदै गरेको १२४ थान विन्ड्चिटर पक्राउ गरेको छ ।
जमुनाहा बिओपी भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा रहेको टोलीले भे १ स ९२९२ नम्वरको अटोरिक्साको छत मुनी प्लाई हालेर त्यसको बीचमा लुकाएर ल्याइएको ठूलो परिमाणको विन्ड्चिटर पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक बुढाको अनुसार पक्राउ गरिएको विन्ड्चिटरको अन्दाजी मूल्य प्रति पिस १ हजार रुपैयाँ रहेको छ । “तस्करी गर्ने नयाँ तरिका जति अपनाए पनि सशस्त्र प्रहरीले जहिले पनि तस्करहरु भन्दा दुई कदम अगाडि नै रहन्छ भन्ने कुरा तस्करहरुले यसपटक राम्रोसँग बुझिसकेका छन्, निरीक्षक बुढाले भने ।
बरामद गरिएको १२४ थन विन्ड्चिटर र अटोरिक्सालाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिएका छन् ।