१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सिरिया देशमा फेरियो नेपाली फौजहरु

Logo
प्रकाशित शुक्रबार, कार्तिक १९, २०७८

(ABC-Sanchar)
काठमाडौं । शान्ति स्थापनार्थ सिरियामा खटिने नेपाली फौज फेरिएको छ ।
सेनानी सुनिल थापाको कमाण्डमा १६२ जनाको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड-१९ प्रोटोकलहरूको पालना गरिएको सेनाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न मिसनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा योगदान पुर्‍याउँदै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!