१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बाँके प्रहरीले नेपालगञ्जबाट ४८ जना जुवाडे पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक २०, २०७८

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ४८ जना जुवाडेलाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको बाबुगाउँमा २ /३ खाल बनाएर जुवा खेलिरहेका ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरी जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार शनिबार बिहान चार बजे उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार उनीहरुको साथबाट चार लाख ६६ हजार रुपैयाँ बरामद भएको प्रवक्ता डीएसपी न्यौपानेको बताए ।

पक्राउ परेका व्यक्तिमध्ये दश जनाको साथबाट पैसा फेला परेको छैन । एकजना भारतीयसमेत पक्राउ परेका छन् । उनीहरुले दुई÷तीन खाल बनाएर कार्डपत्ती खेलिरहेका थिए । प्रहरी प्रवक्ता न्यौपानेले को–को खेलिरहेका थिए । को–को दर्शकमात्रै थिए । उनीहरुलाई छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाइने डीएसपी न्यौपानेले बताए । ‘ठूला खालको खोजीमा निस्केका थियौं’, उनले भने, ‘साना–साना खाल फेला परे ।’ तिहारमा प्रहरीले कोहलपुर, नेपालगञ्ज, खजुराबाट जुवाडे पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!