२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा धारिलो हतियार प्रहारबाट २१ बर्षीय युबाको हत्या १ जना गम्भीर घाइते

Logo
प्रकाशित आइतबार, कार्तिक २१, २०७८

ABC (क्राईमबिट)
दाङ । तुल्सीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ बस्तिका २१ बर्षीय टोपबहादुर पुन मगरको हत्या भएको छ ।मगरको साथमा रहेका सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ४ का १७ बर्षीय शंकर डाँगी गम्भीर घाइते छन् ।युवाहरुको एक समुहले मदिरा सेवन पछि लाठी र धारिलो हतियार प्रहार गरि मगरको हत्या गरेको र उनको साथमा रहेका गिरीको अवस्थापनि चिन्ता जनक रहेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

एसपी काफ्लेका अनुसार घाइते मगरलाई उपचारका लागि बिहान ३ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का घाइते सल्यान कपुरकोटका डाँगीलाई थप उपचारका लागि राति नै बाँके लगिएकोमा त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारका लागि छिमेकी देश भारतको लखनउका लागि रिफर गरिएको भन्ने खबर प्राप्त भएको एसपी काफ्लेले बताए ।
उनीहरुमाथि पुरानो रिसिबीका कारण तुलसीपुर ४ कै २० बर्षीय खिमबहादुर मगर, १८ बर्षीय रेशम थापा र २१ बर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको एसपी काफ्लेले बताए । आरोपित सबै फरार रहेको र उनीहरुको खोजी तीब्र पारिएको उनले बताए ।
प्रहरीका अनुसार हत्या आरोपित तीन जना र हत्या गरिएका तथा घाइते एक जनाका बीचमा पुरानो रिसिबी थियो । तर, पछिल्लो समय उनीहरुका बीचमा सामान्ने बोलचाल हुन थालेको थियो ।
तिहारको दिन राति मगर र गिरी संगै मगरकै घरमा थिए । उनीहरुलाई कसैले फोन गरेपछि एकै छिनमा आउँछौं भन्दै उनीहरु घरबाट निस्किएका थिए । ‘त्यसपछि पाँच जना भएर जंगल नजिकै एकान्त स्थानमा गएर मदिरा सेवन गरेको देखिन्छ,’ एसपी काफ्लेले भने ‘त्यही क्रममा पुरानो रिसिबी कुरा झिकेर तीन जना मिलेर योजना बद्ध रुपमा दुई जना माथि लाठी तथा धारिलो हतियार प्रयोग गरि हत्या गरेको देखिन आएको छ ।’
घटनास्थल जंगल नजिक पर्छ । त्यहाँ नजिकै एउटा घर मात्रै रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु आर्यालले घटनाबारे प्रहरीलाई आइतबार बिहान साढे दुई बजे मात्रै खवर प्राप्त भएको बताए । त्यसपछि उद्धारले उद्धार गरेर अस्पताल पु¥याउँदा तीन बजि सकेको थियो । घाइते मध्य मगरलाई चिकित्कसले तत्काल मृत घोषणा गरेका थिए ।
हत्या गरिएका मगर र गिरी कात्तिक ११ गते मात्रै धरौटीका रिहा भएका थिए । उनीहरु माथि डाँका मुद्दा थियो । मगर १५ हजार धरौटीमा र गिरी नाबालक नै रहेको हुँदा अदालतको आदेशले साधारण तारेखमा छुटेका थिए ।
उनीहरु नाताले दाजु भाइ पर्छन । एसपी काफ्लेका अनुसार उनीहरु माथि एक जना शिक्षकलाई कुटपिट गरि दाँत भाँचिदिएको एउटा र अर्कौ भैंसी चोरेको अभियोग थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]